September 21, 2026

निःशुल्क शिविरबाट २२५ लाभान्वित

0

बलेवा,

बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा २२५ जनाले निःशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले सो शिविर आयोजना गरेको हो ।

शिविरमा मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी समस्या भएका नारायणस्थान, अमलाचौर, पैञ्यूँपाटा र कुश्मीशेरालगायत स्थानका वासिन्दा उपचारका लागि पुगेका थिए ।

कुश्मा अस्पतालका चार चिकित्सकसहित २२ स्वास्थ्यकर्मी सहभागी शिविरमा रू ७० हजार बराबरको औषधि पनि निःशुल्क उपलब्ध गराइएको सहकारीका प्रबन्धक भरत पौडेलले बताउनुभयो ।शिविरमा प्रयोगशाला, एसिजी, इको जाँचलगायत सेवा उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *