बेदकुमारी रेग्मी कर्मठ पुरस्कारबाट पूर्णिमा मगरसहित छ सम्मानित
झापा,

सुशेली साहित्यिक प्रतिष्ठानले आज विभिन्न क्षेत्रमा योगदान पु¥याउने छ महिलालाई सम्मान गरेको छ ।
मेचीनगर–६ काँकडभिट्टास्थित देवकोटा उद्यानमा आयोजित कार्यक्रममा बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार चारआली निवासी पूर्णिमा मगरलाई अर्पण गरिएको हो । पुरस्कारको राशि रु १० हजार १०० रहेको छ । उहाँलाई यो सातौँ पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनुभयो ।
उहाँले वरिष्ठ साहित्यकार चुडामणि रेग्मीले उहाँकी धर्मपत्नीको नामबाट बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारका लागि विसं २०७१ मा प्रतिष्ठानमार्फत रु एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । सोही कोषको ब्याजबाट प्रत्येक वर्ष एक महिलालाई सम्मान गरिँदै आएको उहाँले बताउनुभयो ।
यसैगरी बेदकुमारी रेग्मीको ८४औँ वर्षको शुभअवसरमा सामाजिक, शैक्षिक र साहित्यिक क्षेत्रमा योगदान पु¥याउने कल्पना ओली, मीरा काफ्ले पोखरेल, लीना भण्डारी, अनिता कार्की र निर्मला तिम्सिनालाई नगद रु पाँच हजारका दरले सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुको चिनारी प्रतिष्ठानका अध्यक्ष खरेलले आफैँले दिनुभएको थियो ।
उहाँलाई कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध कवि तथा साहित्यकार भवानी क्षेत्रीले सम्मानपत्र र दोसल्लासमेत ओढाएर सम्मान गर्नुभएको छ । कार्यक्रममा सम्मानित व्यक्तिहरुको प्रतिष्ठानका अध्यक्ष खरेलले संक्षिप्त चिनारी दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार चुडामणि रेग्मीले साहित्यमा पु¥याएको योगदानसहित उहाँकी धर्मपत्नी रेग्मीबारे चर्चा गरिएको थियो । सोही अवसर पारेर साहित्यका विजय खरेल ‘अल्पिल्टिा स्वरहरु’ लिखित कृतिको समेत विमोचन गरिएको थियो । उहाँको कृतिको परिचर्चा चुडामुणि वशिष्ठले गर्नुभएको थियो ।
