June 13, 2026

teriya
तीर्थराज खरेल

सुरुंगा असार २१ ।
यतिबेला नेपाल र भारतमा चर्चित डान्स सेलिब्रेटी तेरिया फौजा मगर झापाको सुरुंगा आउने भएकी छिन् । भारतको टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्सको उपाधी जित्न सफल नेपाली बालिका टेरिया यही असार २४ गते मंगलबार सुरुंगा जेसीजको आयोजनामा हुने विशेष सम्मान तथा नृत्य प्रस्तुतिका लागि आउने भएकी हुन् ।
दिनको ११ बजेदेखि कन्काई माविको प्राङ्गणमा तेरियालाई सुरुंगासहित झापाबासीको तर्फबाट विशेष सम्मान र उनको नृत्य प्रस्तुति हुने आयोजक सुरुंगा जेसीजका अध्यक्ष शिव कँडेलले जानकारी दिए । कार्यक्रमको सहआयोजक सुरुङ्गा सहकार्य युवा क्लव रहेको छ ।
तेरियासहित ६ सदस्यीय टोली २३ गते सोमबार नै झापा आउने र चन्द्रगढीस्थित विमानस्थलबाट विशेष स्वागतका साथ उनलाई सुरुंगा पुर्याइने सुरुंगा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले जानकारी दिए । नेपालको शान बढाउन सफल तेरियाको सम्मान र सुरुङ्गा आगमन झापाबासीसंगै पूर्वाञ्चलबासीकै साझा कार्यक्रम भएको संस्थापक अध्यक्ष चिमरियाले बताए । नेपालीको गौरव बढाउने उक्त कार्यक्रम सफल पार्न र सहयोग गर्न आयोजक र सहआयोजकले आम झापाबासी,राजनीतिक दल,प्रशाशन,प्रहरी,सञ्चारकर्मी ,नागरिक समाज,संघसंस्था सबैमा आग्रह गरेको छ ।
कार्यक्रमलाई व्यापक प्रचार र जनसहभागितामा सम्पन्न गर्नका लागि डीपी गौतमलाई कार्यक्रम संयोजक तोकिएको छ । कार्यक्रममा झापाबासीले तेरियाको चामत्कारिक नृत्य प्रत्यक्ष हेर्न पाउने र स्थानीय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ ।
रुपन्देहीको रुद्रपुर गाविस ६ सुनगाभा चोक स्थायी घर भएकी ११ बर्षकी टेरिया नृत्यमा मात्र होइन पढाइमा पनि उस्तै अब्बल छिन् । अहिले ६ कक्षामा पढिरहेकी उनी कक्षामा सधैं पहिलो हन्छिन् । नृत्यमा त उनी झनै पहिलो हुँदै आएकी छिन् । अहिलेसम्म भाग लिएका सवैजसो प्रतियोगितामा उनी सफल हुूदै आएकी छिन् । नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पहिलो भएर उनले एक लाख रुपैयाूको पुरस्कार पनि हात पारिसकेकी छिन् । नेपाल टेलिभिजन बाट प्रसारित राष्टूिय डान्स प्रतियोगिता कार्यक्रम खोजि प्रतिभाकोमा उनी शीर्र्ष १० मा पुगेकी थिइन् ।

डिआइडी लिटिल मास्टर्सको पछिल्लो भागमा उनले आङ्खनी आमाको बारे सुनाएर सवैलाई भावुक बनाएकी थिइन् । मेरी आमाले मलाई भविष्यमा कोरियोग्राफर बनाउन चाहनुहुन्छ टेरियाले हिन्दी भाषामा भनिन् यसकै लागि आमा क्याण्टिनमा अरुले खाएका जुठा भाूडा माझ्नुहुन्छ । खाना पनि खानुहुन्न तर मलाई खाइसकें भनेर ढाँट्नुहुन्छ । छोरीको यस्तो खुलासा सुनेर दर्शकदीर्घामा रहकी आमाले सुक्सुकाउूदै छोराछोरीले खाए आमाहरु त्यसै अघाउने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *