September 17, 2026

गायन क्षेत्रमा भविश्य खोज्दै बिर्तामोडकी कृपा

0

‘क्लासिकल म्युजिक’मा विशेष रुची राख्ने झापा बिर्तामोड – २ निवासी १४ वर्षीया कृपा पौडेल ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा सहभागी छिन् । नेपालकै ठूलो भनिएको अन्तराष्ट्रिय स्तरको गायत रियालिटी – सो मा सहभागीता जनाउँदै उनले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन् । हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सो मा कृषाले गाएक उत्कृष्ट गीतका कारण उनको चर्चा चुलिएको हो ।


विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीबाट उनी टप १५ मा छनौट भएसंगै एकाएक उनको चर्चा चुलिएको थियो । स्वर सम्राट नारायण गोपालको ‘छोरीको जन्म हारेको कर्म ’ बोलको गीत गाएर उत्कृष्ट टप १५ मा प्रवेश गरेकी उनले गायन क्षेत्रमा उचाई लिएकी हुन् ।
१३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर अब्बल प्रस्तुति दिएसंगै उनी सहभागीहरु माझमा मात्र होइन देश तथा विदेश रहेका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएकी छिन् । निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी कृपाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट समेत राम्रो समर्थन पाएकी छिन् ।
सुरीलो स्वरकी धनी कृपाको हरेक इपीसोडको प्रस्तुतिमा निर्णायकहरु न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरु धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदको मन जित्न सफल भइरहेकी छिन् ।


झापाकै बिर्तामोस्थित मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी मेधावी विद्यार्थीका रुपमा समेत चिनिन्छिन् । कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री कृपा विर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै छन् ।
साहित्य चौतारी सहित प्रदेशमा रहेका म्युजिकसग सम्वन्धित विभिन्न संघ संस्थाले आयोजना गरेका एक सय भन्दा बढी स्टेज प्रतियोगितामा आफ्नो प्रस्तुति दिएर दर्शकको मान जित्दै आएकी उनले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’को प्लेट फर्म पाएसंगै गायत क्षेत्रमा उनले डेव्यू गरेकी हुन् । क्षितिज नाट्य समूहको संगीत विभागको सदस्य , सहारा नेपालको वाल सदस्यका रुपमा रहेकी क्लासिकल सहित विभिन्न गीत गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने क्षमताकी छिन् ।


सानै उमेरदेखि गायन प्रति औधी रुची राख्ने कृपा सांगीतिक क्षेत्रकी उदियमान वाल गायिका हुन् । तर, उनको स्वर कर्णप्रिय मात्रै छैन् सबैलाई मन्त्रमुग्ध पार्ने छ ।


कात्तिक १२ गते शुक्रवार राति भएको रियालिटी सो मा समेत उनले उत्कष्ट प्रस्तुति दिएर दर्शक तथा श्रोताको मन जित्न सफल भएकी छिन् ।
गायन क्षेत्रमा भविश्य खोज्दै गरेकी कृपाले क्लसिकल म्युजिक मात्र मात्रै होइन अन्य विधाका गीतलाई समेत दुरुस्तै गाउन सक्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *