September 16, 2026

आजको फाइनल खेलमा नेपाल र भारतका प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने

0

साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल र भारतका प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने भएका छन्।

खेल मैदानमा खेलाडीसँगै प्रशिक्षकलाई पनि बस्ने व्यवस्था गरिएको ठाउँ हुन्छ, जसलाई ‘टेक्निकल एरिया’ भनिन्छ। ‘टच लाइन’बाट एक मिटर टाढा तोकिएको यो क्षेत्रमा उभिएर प्रशिक्षकले मैदानभित्रका लेलाडीलाई निर्देशन दिन सक्छन्।

तर, आजको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका प्रशिक्षक इगोर स्टिमेक त्यहाँ देखिने छैनन्। दुवै जना प्रशिक्षक ‘टेक्निकल एरिया’मा बस्न नपाउने आयोजक दक्षिण एशियाली फूटबल महासंघले निर्णय गरेको छ।

नेपालका प्रशिक्षक अल्मुताइरीले लिग चरणका दुई खेलमा पहेलो कार्ड भएका थिए। जसका कारण उनी ‘टेक्निकल एरिया’ बस्न नपाउने भएका हुन्।

महासंघको यो निर्णयको अल्मुताइरीले विरोध गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यो न्यायसंगत भएन।”

भारतीय प्रशिक्षक स्टिमेक भने रातो कार्ड पाएका कारण ‘टेक्निकल एरिया’ बस्न नपाउने भएका हुन्। उनले मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका थिए।

आज राति ८ः४५ बजे मालदिभ्सको मालेस्थित राष्ट्रिय फूटबल रंगशालमा नेपाल र भारतको खेल हुनेछ। नेपाल पहिलो पटक उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *