कनकाई नगरका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन
झापा,
कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो ।
दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा मृगौला प्रत्यारोपण गरिएको थियो । दाहालको एक छोरा र श्रीमती हुनुहुन्छ ।
