September 20, 2026

बाल हिंसाको घटनामा परिषद र आयोगको संयुक्त अनुगमन

0

झापा,

झापा, भद्रपुरकी १२ वर्षीय बालिका उपर कुटपिट तथा शारीरिक हिंसा भएको भन्ने विषयमा सामाजिक सञ्जाल तथा समाचारहरुमा आएका विषयवस्तु उपर राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त टोलीले मंगलबार स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीले स्थलगत रुपमा पीडित बालिका, उनको परिवार, भद्रपुर नगरपालिका, प्रहरी लगायत घटनासँग सम्बन्धित सरोकारवाला विविध पक्षहरुसँग छलफल गरेको छ ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग – प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख नितु गड्तौला, राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, परिषदको कोभिड संकट बाल संरक्षण सहायता स्वयंसेवी समूहका सदस्य प्रजेश खनाल रं प्रदेश बालबालिका खोजतलाश तथा समन्वय केन्द्रका अ.स.ई. नारायण कटुवालको सहभागिता थियो ।
अनुगमनमा देखिएको विषयवस्तुहरुलाई विश्लेषण गरी सुझाव तथा सिफारिसहरु सहित अनुगमन टोलीले प्रतिवेदनका रुपमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदलाई पेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *