अनुदान रकम पाएपछि कमलका बंगुर पालक कृषकमा खुशी
उमानाथ भण्डारी
कमल , गाउँपालिकाबाट बंगुरपालन व्यवसायका लागि अनुदान सहयोग पाएपछि यहाँका बंगुरपालक कृषक खुशी देखिएका छन् ।
गाउँपालिकाले गत आर्थिक बर्षमा वंगुरपालन व्यवसाय गर्दै आएका वडा नम्वर ४ का ५० जना कृषकलाई व्यवसायमा सहयोग पुगोस् भन्ने उद्देश्ययले अनुदान सहयोग गरेको थियो ।
गाउँपालिकाले स्थानीय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार , औषधी लगाएतमा ५० प्रतिशत साझेदारीमा २० लाख रुपैया कृषकलाई उपलब्ध गराएको थियो ।
गाउँपालिकाले वडा नम्वर ४ लाई बंगुर पकेट क्षेत्र घोषणा गरे सगै याहाँका कृषक उत्साहा पुर्वक व्यवसायमा लागेका छन् । यसका साथै गाउँपालिका बाट सहयोग रकम पाएपछि कृषकमा व्यवसाय प्रति झनै उत्साह बढेको छ ।
बंगुर पालन व्यवसाय बाट राम्रो आम्दानी हुने भएपछि यति बेला सबैको राजाईमा यो व्यवसाय पर्न थालेको छ । गत आर्थिक वर्ष २०७७ । ०७८ मा गाउँपालिका बाट बंगुर पालन सम्बन्धि विभिन्न शिर्षकमा अनुदन पाएपछि आफु जस्ता धेरै कृषकलाई सहयोग पुगेको वडा नम्वर ४ स्थित राना बंगुर फर्मका सन्चालक मन बहादुर रानामगर बताउनुहुन्छ । यो पटक ५ वटा माउ भन्दा बढीहुने कृषकले मात्र अनुदन पाउनु भएको थियो आगामी कार्यक्रममा एकदुई बाट माउ बंगुरहुने कृषकलाई समेत अनुदानमा समावेश गर्नुपर्ने राना बताउनुहुन्छ ।
गाउँपालिका बाट थोरै रकम सहयोग पाएपनि कृषक खुशी छन् । तर उनिहरु अनुदान सहयोग भन्दा पनि सस्तो व्याजदरमा कर्जा र गाउँपालिकाले बजार व्यवस्थापन गरिदिए अझै राम्रोहुने वडा नम्वर ४ सुनिता बंगुर फर्मकी सन्चालन शान्ति लिम्वु बताउनुहुन्छ ।
केन्द्रिय सरकार बाट प्राप्त रकम स्थानिय सहकारी मार्फत ५ वटा समुहका ५० जना कृषकलाई प्रदान गरेका थियौ । यो कार्यक्रम बाट कृषक अत्यन्तै सन्तुष्टि हुनुभएको छ । यस्ता कार्यक्रमले कृषकलाई व्यवषय प्रवद्र्धन ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दिपेन्द्र लामिछानेले बताउनुहुन हुन्छ ।
