September 20, 2026

कनकाई वनमा लगाइएको ताला आजबाट खुल्यो

0

सुरुङ्गा,

सक्तारुढ गठबन्धनका युवा संगठन र विद्यार्थीहरुले कनकाई सामुदायिक उपभोक्ता समुहको वन कार्यालयमा लगाएको ताला आजबाट खुल्ला गरिइएको छ ।
गत वैशाख २ गतेका दिन नेविसंघ, वाइसिएल, अखिल क्रान्तिकारी, तरुण दल लगायातका विद्यार्थी तथा युवा संगठनले कनकाई सामुदायिक वन समुहमा निर्वाचनको मतगणनामा धाधली भएको भन्दै ताला लगाएका थिए ।


तालाबन्दी पछि लामो समयसम्म कनकाई सामुदायिक वन समुहमा काम गर्ने वन हेरालु देखि कर्मचारीले समेत तलव खान पाएका थिएनन भने वन समुहमा पालिकाएका जनावारको समेत विजोग भएको थियो ।

यतिसम्मकी कनकाई वन समुहले बिजुलीको बिल नतिरेको भन्दै विद्युत प्राधिकरणले बिजुली समेत काटिदिएको थियो ।
आज सामुदायिक वन महासंघ नेपाल कनकाई नगर समितका अध्यक्ष दधिराम पोखरेलको सभापतित्व तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यताामा भएको सामुहिक छलफलपछि हाललाई तत्काल ताला खोल्ने सहमति बनेको हो । कोहिपनि पदाधिकारीलाई काममा फर्कन नदिने र तत्काललाई दसै तिहार सम्मका लागि कर्मचारीबाटै काम संचालन गर्ने सहमति बनेको महासंघका अध्यक्ष दधिराम पोखरेलले बताउँनुभयो । हाल कनकाई सामुदायिक वन समुहको मत गणनाको विषयमा पुनारावेदन अदालत इलाममा मुद्धा चलिरहेको छ । तिहारपछि पनि मुद्धाको किनारा नलागेमा पुन सर्वदलिय सर्वपक्षिय छलफलबाट पुन निर्णय गरिने निर्णय भएको छ ।

छलफलमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, एमालेका अध्यक्ष रविन्द्र लम्साल, कांग्रेस सभापति दुर्गा प्रसाई, माओवादी केन्द्रका कृष्ण घिमिरे, राप्रप्राका ज्योती उप्रेती, विवेकशील साझाका राजकुमार फुयाँल, जनता समाजवादीका रत्नकुमार श्रेष्ठ, नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेती, कनकाई नगर सामुदायिक वन महासंघका दधिराम पोखरेल र कनकाई सामुदायिक वनकी मान्ता खरेलको हस्ताक्षर रहेको छ ।

भेलामा डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्के, सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख दिनेशकुमार यादव, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली, समाजसेवी श्यामसुन्दर ओली, जनप्रतिनिधि रोषन सुवेदी, सुकेडागी सामुदायिक वनकी अध्यक्ष शान्ता घिमिरे, कांग्रेस उपसभापति सुर्य थापा लगायातको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *