September 21, 2026

स्कुलबाट फर्कने क्रममा खोलाले बगाउँदा वालिकाको ज्यान गयो 

0

विमल दहाल, इलाम । 

इलामको फाकफोकथुम र देउमाई विचको मैदाने खोलाले बगाउँदा सोमबार साँझ एक बालिकाको ज्यान गएको छ ।

देउमाई-१ चमैता माबली घरमा बसि फाकफोकथुम -६ को फलाटे माबिमा कक्षा-४ मा अध्ययनरत ९ बर्षिय वालिका सागरिका राईको फलाटे खोलाले बगाउँदा ज्यान गएको हो । अपरान्ह २ बजे पानि आउन लागेको भन्दै विधालयले बिद्यार्थीलाई बिदा गरेपछी सागरिका आफ्ना भाई र बैनी सहित घर फर्किएकी थिइन्।

खोलामा पानी बढ्दै थियो, उनले भाई र बैनीलाई पालै पालो तारिन तर उनी पुस्तक लिएर आफु तर्ने क्रममा खोला बढेर आई उनलाई बेपत्ता बनाएको उनकै भाईबैनीले बताएका छन्। सागरिकाका भाई बैनीलेनै दिदीलाई खोलाले बगाएको जानकारी स्थानीयलाई दिएका थिए ।

बाढीले बगाउदा बेपत्ता भएकी बालिका राईको दुई किलो मिटर दक्षिण ढुङ्गामा चेपिएको अबस्थामा लास फेला पारिएको स्थानीय सामाजिक अभियान्ता प्रकाश राईले जानकारी दिनुभयो ।
बालिकालाई शिकारी भन्ज्याङबाट आएको प्रहरीले पोष्टमार्टमका लागि ईलाम लगेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *