बिर्तामोड नगरले आज बार्षिक प्रगति समिक्षा तथा पुस्तक सार्वजनिक गर्दै
बिर्तामोड,
बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७७र०७८ को बार्षिक प्रगति समिक्षा तथा आ।ब। २०७८र७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकीकरण आज सोमवार गर्दैछ ।

नगरले आज नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य एकराज कार्की गरेका थिए । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पारेका थिए ।
दुई चरणमा हुने कार्यक्रमको पहिलो चरणमा नगरका शिक्षा शाखा, स्वास्थ्य, सामाजि, प्रशासनलगायत १३ वटा नगरका शाखाहरुको प्रगति विवरण प्ररस्तुत गरिने जनाइएको छ । त्यसैगरी कार्यक्रममा नगरपालिकालाई निशुल्क जग्गा दिएर सहयोग गर्नेलाई सम्मान तथा पुरस्कृत गर्ने र नगरका उत्कृष्ट शाखा तथा ब्यक्तिहरुलाई सम्मानको कार्यक्रमसमेत तय गरेको जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस नगर सभापती भोजराज सिटौला, एमाले नगर अध्यक्ष उमानाथ ओली, माओबादी केन्द्रका युवराज दाहांल, राप्रपाकी रन्जु प्याकुरेललगायततको उपस्थिति रहेको छ ।
कार्यक्रममा पुस्तक सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको नगरका योजना शाखा प्रमुख जय तिम्सिनाले जानकारी दिएका छन् ।
