September 20, 2026

वडामै हारेपछि एमालेमा प्रवेश

0

झापा, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसबाट २÷२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशीलाई नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् ।
राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताएका छन् ।
नेपाली कांग्ेसको १४ औं महाधिवेशनका लागि राजवंशी बिर्तामोड नगरपालिका ४ मा क्षेत्रीय प्रतिनिधि पदमा वडा राजु राजवंशी सन्तोषसंग पराजीत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *