September 26, 2026

‘बाह्रदशी कांग्रेसलाई चलायमान र गुटरहित बनाउँछु’(श्रब्यदृष्य सहित)

0

 

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत असोज ९ गते पालिकास्तरको अधिवेशन हुँदैछ । वडातहको अधिवेशन सम्पन्न भएसंगै झापा गाउँपालिकामा भने यस अघि नै पालिका अधिवेशनका लागि सर्वसम्वत नेतृत्व चयनको घोषणा गरिएको छ । यद्धपि झापा गाउँपालिकामा सर्वसम्वत चयन गरिएको नेतृत्वले अधिवेशन पछि मात्रै वैधानिकता पाउँछ । झापा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा भने नेतृत्व चयनका लागि रस्साकस्सी नै छ । पार्टी भित्रको गुट उपगुटका कारण नेतृत्व चयनमा रस्साकस्सी चलिरहेका बेला बाह्रदशी गाउँपालिकामा सभापति पदका लागि लागि उम्मेद्वार बनेका टंकप्रसाद साहले भने पार्टीलाई आफू निर्वाचित भएसंगै गुट रहित बनाउने उद्घोष गरेका छन् ।


बिद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका साह हाल वाह्रदशी गाउँपालिकाको पार्टी उपसभापति छन् । उनले लामो समयसम्म साविक राजगढ गाविसको पार्टी सभापति बनेर पार्टीलाई चलायमान बनाएका थिए । २०४६ सालको आन्दोलन पछि राजनीतिलाई नजिकबाट नियालेका उनी आफ्नै बुवाको प्रेरणाबाट राजनीतिमा होमिएका हुन् ।

श्रब्यदृष्य यहाँबाट हेर्न सक्नुहुन्छ ।

पार्टी सुढृढीकरण गर्दै गुटबन्दीको राजनीतिलाई निष्तेज पार्ने अठोटका साथ आफूले सभापति पदका लागि उम्मेद्वारी दिएको आफ्नो उम्मेद्वारी सिङ्गो बाह्रदशीवासीको रोजाई रहेकाले सबैको मनोभावनालाई समेटेर अघि बढ्ने साहले संकल्प गरेका छन् ।


आफू पार्टी सभापति पदमा निर्वाचित हुँदै गर्दा आसन्नस्थानीय, प्रदेश र संघीय निर्वाचनका सबै उम्मेद्वारलाई विजय गराउन अहम भूमिका रहने अठौट साहको छ ।
२०३६ सालमा आफ्ना पिता स्व.सुकलाल साहले वडाअध्यक्ष पद त्यागेर कांग्रेसको आन्दोलनमा होमिनु भएको र त्यही रगत आफूमा रहेकाले पार्टी जस्तोसुकै अफ्यारोमा परेपनि आफूले पार्टीलाई सुदृढ बनाउन कुनै कसरबाँकी नराख्ने उनको भनाई छ ।
१५÷१६ वर्षकै उमेरमा आफूले तरुणदलको राजगढ सभापतिको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका थिए । पार्टी फूटेर जाँदा २०५९÷०६० सालमा प्रजातान्त्रिक कांग्रेसको सभापति भएका साह पार्टी एक हुँदा पनि सभापतिको भूमिका निर्वाह गरिनै रहे ।


दुई कार्यकाल पार्टी सभापति बनेका उनी प्रदेसिक संरचना अनुसार बाह्रदशी गाउँपालिकामा उपसभापति पदमा छन् ।
यस अघि बाह्रदशी गाउँपालिका ३ मा वडाध्यक्षको उम्मेद्वार भएका साहलाई पार्टी भित्रकै अन्तरघातले नमिठोगरी पिरोल्दा पनि उनी पार्टी प्रति उत्तिकै वफादार छन् । गुट र उपगुटका कारण आफ्नै पार्टी भित्रबाट अन्तरघाट हुँदा बाह्रदशी ३ मा आफूहरुले हार ब्यहोर्दै गर्दा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने सहास बोकेर आफू निर्वाचनमा होमिएको उनको भनाई छ । वाह्रदशी गाउँपालिका ३ निवासी साह ‘देउवा गुट’का कांग्रेसीका रुपमा परिचिछन् ।

यता बाह्रदशी गाउँपालिका ५ निवासी इन्द्र बस्नेत उनका मुख्य प्रतिष्पर्धीका रुपमा देखा परेका छन् । उनी ‘सिटौला गुट’का कांग्रेसीका रुपमा चिनिन्छन् । १६२ मतदाता रहेको वाह्रदशीमा साह र वस्नेतले कस्ले बाजी मार्ने हो त्यो भने हेर्न वाँकी नै छ । तर प्रजातान्त्रिक अभ्यासमा उनीहरु दुवै जनाले असोज ९ को अधिवेशनलाई प्राथमिकतामा राखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *