September 26, 2026

पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिका बीच क्षेत्र र करको विषयमा छलफल

0

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्रका उपभोक्ता र कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका चार वटा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र र करको विषयमा अन्तरक्रिया भएको छ ।

पथरीशनिश्चरे वडा नम्बर १० स्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूह जिरिखिम्तीको कार्यालयमा आज विहीबार भएको अन्तरक्रियामा डाँसमोरङ्गी सहितको चार सामुदायिक वन समूह सहभागी भएका थिए ।

अन्तरक्रिया वडा नम्बर १० कै भूल्के पशुपति, ९ र १० को सीता छधारे, ९ को महिला जागृति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन अधिकारी, वन महासंघका प्रतिनिधि तथा पथरीशनिश्चरे र कानेपोखरीका जनप्रतिनिधिसँग अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेसंग थप छलफल गरी कार्यपालिका बैठकमा समेत छलफल गराएपछि ति समूहको क्षेत्र र दुवै पालिकाले अब उप्रान्त कुन हिसावले वनको कर बुझाउने भन्ने विषयमा टुंगोमा पुगिने बताउनुभयो ।

उक्त कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष तारावहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघका १ नम्बर प्रदेश सचिव अग्नी पौडेल, वन कार्यालय कानेपोखरी सव डिभिजन प्रमुख तुलसीलाल यादव, कानेपोखरी ७ का अध्यक्ष मोहन अधिकारी तथा ४ वटा सामुदायिक वन समूहका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो ।

वन समूहले आम्दामीको १० प्रतिशत कर पालिकालाई बुझाउनु पर्ने कानूनी अवस्था भए पनि एउटा पालिकाका उपभोक्ता र अर्कौ पालिकाको भूगोल रहेकाले कुन पालिकालाई कर बुझाउने भन्ने बारे अन्यौल रहि रहेकाले त्यसबारे छलफल थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *