September 25, 2026

लागूऔषध सहित एक जना पक्राउ

0

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *