अर्जुनधारा नगरपालिकाको बजेट ७५ करोड ५२ लाख बढी
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९को लागिअनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाद्वारा बुधबार आयोजितचालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीतितथाकार्यक्रम र बजेट सार्वजनिकिकरण कार्यक्रममाउक्त बजेट सार्वजनिकगरिएको हो ।
सो अनुमानित बजेटमध्ये नेपाल सरकारबाट ४७ करोड ७१ लाख रुपैयाँ, प्रदेश सरकारबाट तीन करोड ५७लाख २५ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट १८ करोड ७४ लाख २८ हजार दुई सय ३० रुपैयाँ र आन्तरिक आयाबाट पाँच करोड ५० लाख रुपैयाँ विनियोजन हुने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त बजेट नीतितथाकार्यक्रमको प्राथमिकतामाकोभिड १९को महामारीबाट नगरवासीको जीवन रक्षागरिने, सर्वसुलभरुपमा स्वास्थ्य सेवाउपलब्ध गराइने, विकास निर्माणका कार्यलाई तिव्रता साथ निरन्तरता दिइने, आर्थिक तथा सामाजिक रुपले पछाडी परेका क्षेत्र, वर्ग, समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिने, गरिवीन्यूनिकरणका लागि सार्वजनिकनीजि सहकारी अवधारणा अनुरुप स्रोत तथा साधान परिचालनगरिनेलगायत रहेको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अम्बिका फूँयेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, ज्योष्ठ नागरिक रामप्रसाद भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन खरिदार सौजन कटुवालले गरेका थिए ।
