September 24, 2026

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो )

0

काठमाडौं,

सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको ‘केवल तिमी भित्रै’ बोलको नयाँ म्युजिक सार्वजनिक भएको छ।

४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको स्थापना दिवसको अवसर पारेर भर्चुअल रुपमा एक कार्यक्रम आयोजना गरि बरिष्ठ गायक उदय सोताङ र गायिका मनीला सोताङ मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ।

गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् ।

मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन्। चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *