September 25, 2026

मानव अधिकार समुहद्धारा पाँच क्षेत्रका समस्याहरु सार्वजनिक

0

अर्जुनधारा ।

मानव अधिकार समूह अर्जुनधाराले नगरमा रहेको शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी तथा आवासको क्षेत्रमा देखिएको समस्याहरु सार्वजनिक गरेको छ ।

समूहद्वारा मंगलबार आयोजित समस्या, सरोकारवाला पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रममा उक्त क्षेत्रको ३५ वटा बुँदा समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

समूहका अध्यक्ष चन्द्र सुवेदीले प्रस्तुत गरेकोे कार्यपत्रमा शिक्षातर्फ १३ वटा, स्वास्थ्यतर्फ ९ वटा, कृषि र पशुपंक्षीतर्फ १० वटा र आवासतर्फ ३ वटा समस्या र सुझावसहितको बुँदा उल्लेख गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख हरिकुमार रानाले कार्यपत्रमा उल्लेख भएका समस्याहरुलाई समाधान गर्न सक्ने आफैले गर्ने र नसकेको गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले कार्यपत्रमा उल्लेख भएका सुझावका बुँदाहरुलाई नगरपालिकाले आफ्नो आगामी कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोगमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समूहकी उपाध्यक्ष रीना मगरले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संयोजक राजन सम्पाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *