September 24, 2026

कांग्रेस माई नगर सभापतिमा तीन जना आकांक्षी

0

विमल दहाल, माई ईलाम।

नेपाली कांग्रेसको माई नगर सभापतिमा ३ जनाको भिडन्त हुने भएको छ । असोज ९ गतेका लागि निर्धारित अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हाल सम्म तीन जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा माई-१ का पुष्प गिरी, माई-३ का एन्जेस एक्तेन र माई-६ का हेम बहादुर लिम्बुले उम्मेद्वारी घोषणा गरेका हुन् ।

इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । डम्बर खड्का, हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकांक्षी हुन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।

नगर सभापतिका आंकक्षी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने पुष्प गिरी र एन्जेस एक्तेन हिमाल कर्मचार्य र भेषराज आचार्य निकट मानिन्छन् । जिल्ला सभापतिका टिम अनुसारनै नगरमा पनि टिम बनेको बुझिएको छ । दुई उपसभापति हुने नगरमा अहिलेसम्म माई-९ का डम्बर तामाङ, माई-२ की तारा चम्लगाई र माई-४ की डिल्लीमाया भट्टराई रहेका छन् ।

त्यस्तै दुई जना सचिवका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको छन । सचिबका लागि माई-२ का मनिन्द्र राई, माई -८ का गङ्गा राम काफ्ले (अर्जुन), माई-२ का दिवाकर सिंह र माई-४ का धनबहादुर कार्कीले दावि गरेका छन। दश वडा रहेको ईलामको कान्छो माई नगरपालिकामा कांग्रेस नगर अधिबेशनका लागि दुई सहसचिव पदमा माई-१० की पबित्रा बुर्जा मगर र माई -५ की दुर्गा शर्माले मात्र उमेरद्वारी घोषणा गरिएका छन ।

कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *