September 24, 2026

मेचीनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

0

झापा ।

झापाको मेचीनगर नगरपालिका–४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय दिलबहादुर मगर रहेका छन् । प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *