संविधान दिवसको अवसरमा युवाले गरे रक्तदान
विमल दहाल, इलाम ।

राष्ट्रिय युवा संगठन ईलाम नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी ईलामको सहयोगमा सातौ संविधान दिवसको अवसर पारेर आईतबार इलाम सदरमुकाममा रक्तदान कार्यक्रम गरिएको छ ।
नजिकिदै गरेको चाडपर्वमा सडक दुर्घटना धेरै हुनसक्ने भएकाले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
रत्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको छ । ईलाम सदरमुकाममा संकलित रगत नेपाल रेडक्रस सोसाइटीको बिराटनगर रक्त सञ्चार केन्द्रमा पठाएको छ ।
युवाहरुले मानवीय तथा सामाजिक त्रियाकलाप अन्तर्गत संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संगठन इलामका इञ्चार्ज छवि श्रेष्ठले जानकारी दिए ।
