September 25, 2026

जन्मोत्सव गर्ने खर्च आगालागीका घाइतेहरुको उपचारमा

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालमा कार्यरत् जनस्वास्थ्य निरीक्षक सन्तोष चिमरीयाले आफ्नो जन्मोत्सवमा गर्ने खर्चलाई आगलागीमा परी घाइते भएकाहरुको उपचारमा सहयोग गरेका छन् ।

गत भदौ २६ गते अर्जुनधारा–७ मा ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका रोमनाथ खनाल, उनको श्रीमती दुर्गा र छोरा पंकजको उपचारमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्धेश्यले उक्त सहयोग गरेको निरीक्षक चिमरीयाले बताए ।

शुक्रबार आफ्नो ३५औं जन्मोत्सवको सन्दर्भमा घटनास्थलमा पुगेर उनले आगलागी पीडित आर्थिक सहयोग संकलन समितिका संयोजक गोविन्द खतिवडालाई नगद ११ हजार एक सय १५ हस्तान्तरण गरेका थिए ।

हाल काठमाण्डौंस्थित किर्तीपुर अस्पतालमा उपचाररत् उनीहरुको उपचारको लागि देशभित्र र देश बाहिर रहेका दाताहरुबाट सहयोग रकम प्राप्त भइरहेको संयोजक खतिवडाले जानकारी दिए ।

संयोजक खतिवडाका अनुसार दाताहरु धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५१ हजार रुपैयाँ, संयोजक खतिवडाबाट ५० हजार रुपैयाँ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा शाखाबाट ३० हजार पाँच सय रुपैयाँ, प्रज्वल बुढाथोकीबाट २५ हजार चार सय रुपैयाँ, योगेन खतिवडाबाट २५ हजार रुपैयाँ, देविका बुढाथोकीबाट २१ हजार रुपैयाँ, शारदा अधिकारीबाट २० हजार रुपैयाँ, अजयकुमार शिवाकोटीबाट १३ हजार रुपैयाँ, नेपाल विद्युत प्राद्यिकरण उपवितरण केन्द्र शनिश्चरेका कर्मचारीहरुबाट १२ हजार दुई सय रुपैयाँ, विष्णुलक्ष्मी हार्डवेयरबाट ११ हजार रुपैयाँ, नविन पोखरेबाट ११ हजार रुपैयाँ, भरत कँडेलबाट ११ हजार रुपैयाँ, राजेन्द्र+पुनम गट्टानीबाट ११ हजार रुपैयाँ, इन्दिर भट्टराईबाट १० हजार रुपैयाँ, नेपाल बाबाट १० हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

त्यसैगरी दाताहरु उपेन्द्र भट्टराईबाट पाँच हजार एक सय रुपैयाँ, निरज ढकालबाट पाँच हजार एक सय रुपैयाँ, याम कार्कीबाट पाँच हजार एक सय रुपैयाँ, वसन्त सोमानीबाट पाँच हजार एक सय रुपैयाँ, हरि निरौलाबाट पाँच हजार एक सय रुपैयाँ, हेमराज कोइरालाबाट पाँच हजार एक सय रुपैयाँ, खगेन्द्र खतिवडाबाट पाँच हजार रुपैयाँ, चन्द्र सुवेदीबाट पाँच हजार रुपैयाँ, चुँडामणी निरौलाबाट पाँच हजार रुपैयाँ, नारायण घिमिरेबाट पाँच हजार रुपैयाँ, पशुपती त्रितालबाट पाँच हजार रपैयाँ, राजेन्द्र काफ्लेबाट तीन हजार एक सय रुपैयाँ, उमा श्रेष्ठबाट तीन हजार रुपैयाँ, निसा निरौलाबाट तीन हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

पीडित परिवारको उपचारको लागि हालसम्म चार लाख रुपैयाँ भन्दा बढी सहयोग रकम संकलन भएको समितिका सचिव एवम् सामाजिक अभियन्ता कमल पोखरेलले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार अनुमानित २२ लाख खर्च आवश्यक पर्ने हुँदा सचिव पोखरेलल यस अभियानमा सहभागी भई सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् ।
पीडित परिवारलाई सहयोग गर्न चाहने दाताहरुले सिभिल बैंक शनिश्चरे शाखाको खाता नम्बर ०७६१०५५१९५१०१२ मा सहयोग रकम जम्मा गर्न अथवा समितिका संयोजक खतिवडाको मोबाइल नम्बर ९८५२६७४३८५ र सचिव पोखरेलको मोबाइल नम्बर ९८५२६७१११४मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *