पौडी खेल्ने क्रममा डुबेर मृत्यु
भोजपुर।

भोजपुरको आमचौक गाउँपालिका–१ खाम्ताङकी १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको उनको प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोलीले मृत अबस्थामा परियारको लास फेला परेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।
