September 23, 2026

तुलसा भट्टराई,उदयपुर ।

मुखमा राम राम पेटमा छुरा हान्नेको के भरोसा ?
रावण झै आफैँ मात्र जान्नेको के भरोसा ?

बालवृद्धवणिताको सम्मान नै नगर्ने
आफूले आफूलाई बुद्ध ठान्नेको के भरोसा ?

परिस्थिति अनुसार लचकता नअपनाउने
मेरो गोरुको बार्है टक्का मान्नेको के भरोसा ?

सेवा नै धर्म हो भन्ने कुरो भुलेर
आफ्नै मात्र दुनो तान्नेको के भरोसा ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *