September 23, 2026

भोजराज प्यानलको सात बुँदे संकल्प

0

विर्तामोड ।

नेपाली कांग्रेसको आसन्न गाउँ/नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

यसपटकको निर्वाचनमा गाउँ/नगर कार्य समिति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने कार्यविधि पार्टीले पारित गरेपछि नेतृत्वका आकांक्षीहरुले कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका हुन् ।

कार्यकर्ता भेटघाटकै क्रममा नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति एवं आगामी कार्यकालका लागि सभापतिका उम्मेदवार भोजराज सिटौलाको प्यानलले झापा क्षेत्र नं. ५का क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रम सोमवार सम्पन्न गरेको छ । जेष्ठ क्षेत्रीय प्रतिनिधि पुष्पलाल चौधरीको अध्यक्षता र भोजराज सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर सभापति भोजराज सिटौलाले पार्टीको नीति, सिद्धान्त र विचारप्रतिको आफ्नो प्रतिबद्धता र अहिलेसम्मको राजनीतिक योगदानको मूल्याङ्कन गरेर आफ्नो प्यानललाई विजयी गराउन आग्रह गरे । नेपाली कांग्रेस बिर्तामोड नगर समितिको भवन निर्माणका लागि लगभग २ करोड मूल्यको जग्गा जोडेको बताउँदै उनले आगामी कार्यकालमा पार्टी कार्यालय निर्माण गर्ने योजना सुनाए ।

कार्यक्रममा सिटौलाको प्यानलबाट उपाध्यक्षका उम्मेदवार सूर्य कन्दङ्वा र राजकुमार राजवंशी, सचिवका उम्मेदवार उत्तम खनाल र दिवाकर प्रसाई, सहसचिवका उम्मेदवार रमेश चौधरी र दिनेश पराजुलीले बोलेका थिए ।

सिटौला नेतृत्वको प्यानलले आगमी दिनमा गुटरहित ब्यवस्थित र एकताबद्ध कांग्रेसको परिकल्पना, स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई बहुमतसहित निर्वाचित गराउने सुनिश्चितता, पार्टीको नगर कार्यालय भवन निर्माण, पार्टीमा समान सहभागिता र समावेशिताको अनुभुति गराउने, आम नागरिकको दुःख–सुखमा साथ र सहयोगको प्रतिबद्धता, युवा तथा देलकुद क्षेत्रको विकास र लोकतान्त्रिक गणतन्त्र एवं संविधान बजबुद बनाउने संकल्प प्रस्ताव अघि सारेको छ ।

लक्ष्मी आचार्यले सञ्चालन गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सीता पौडेल, उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, लीला मैनाली, गोपाल मैनाली, नरेशमान धिमाल, केशव ताम्राकार, वीरु दर्नाल, ज्योति चुडाललगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *