लागूऔषध सहित तीन जना पक्राउ
सुनसरी।

सुनसरीको कोशी गाउँपालिका–८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेषकुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डीसी ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद २० हजारसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका तीनैजना विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
