September 20, 2026

माईमा कर्मचारी हकहित समिति गठन

0

विमल दहाल, माई ।

इलामको माई नगरपालिकामा स्थानीय तह कर्मचारी हकहित मञ्चको तदर्थ समिति गठन भएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भै आएका, लोकसेवा आयोगबाट सिफारिस भै आएका र स्थानिय तहमा कार्यरत स्थायी र अस्थायी कर्मचारीहरुको सोमबार भएको भेलाले शिक्षा अधिकृत राजकुमार ओडारीको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मनोज प्रसाद भण्डारी, सचिव लक्ष्मण भुर्तेल, सहसचिव प्रविन भण्डारी र कोषाध्यक्ष सविना राई रहेका छन् । त्यस्तै सदस्यहरूमा सुमन राई, रमेश सारू मगर, कमला श्रेष्ठ ,पुर्णिमा महतो, नवीन थापा, टिकाराम मगर रहेका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२(३) बमोजिम नियुक्ति भै कामकाज गर्दै आएका, स्थानीय तहमा समायोजन भै आएका कर्मचारीहरू माथि संघीय सरकारबाट गरिएको विभेदका विरूद्ध आवाज उठाउन मञ्च गठन भएको जनाइएको छ । कर्मचारीको सेवा सुविधा तथ बृत्ति विकासको सुनिश्चितता सामुहिक सौदाबाजी गर्ने उद्देश्यले केन्द्रीय स्तरमा रहेको स्थानिय तह कर्मचारी हकहित मंच सँग आबद्धता हुने गरि तदर्थ समिति गठन गरिएको अध्यक्ष ओडारीले जानकारी दिए ।

२२ गते कालोपट्टी लगाएर विरोध जनाउने

सरकारले भाद्र -२२ गते निजामती सेवा दिवस मनाउने सर्कुलर गरेपनि माई नगरमा भने विरोध गरिने भएको छ ।

केन्द्रीय मञ्चले गरेको विरोधका कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै माई नगरपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले सांकेतिक विरोध स्वरूप हातमा कालो पट्टी लगाउने निर्णय गरेको सचिव लक्ष्मण भुर्तेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *