September 21, 2026

पथरीशनिश्चरेमा एमालेको स्पोर्ट्स नगर कमिटी

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरमा एमाले निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमी पथरिशनिश्चरे नगरकमिटी गठन भएको छ ।

नवगठित कमिटीका अध्यक्ष रन्जित कार्की चयन भएका छन् भने उपाध्यक्षद्वय याेगेस श्रेष्ठ र प्रवेश लिम्बू समेटिएका छन्।

सचिवको पदमा दिवस खड्का छानिएका हुन् भने अन्य सह सचिव र कोषाध्यक्ष पदका लागि जमुना आले मगर र जीवन चौहानलाई जिम्मेवारी दिइएको छ।

नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष मोहन तुम्बाम्फो , प्रदेश कमिटी सदस्य युबराज बास्कोटा र देवराज भण्डारी, नगर कमिटी सदस्य भिम राई, गौतम चाम्लिङ राई , नवीन ढकाल ,नवीन जङ्ग कार्की ,बिरोज मगर,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी उप महासचिव बिजय डागी, केन्द्रिय कमिटी सद्स्य भक्त राई, मनि लुम्फुवा, सन्जिव गिरी ,केन्द्रिय कमिटी सचिबालय सदस्य राजु तिम्सिना, नगर उप प्रमुख यमुना बिष्ट बास्तोला र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुषाल श्रेष्ठ र उप अध्यक्ष मनोज बिक्रम साही लगायतको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *