September 21, 2026

कञ्चनजंघा बहुउद्धेश्यीय सहकारीको चौथो शाखा उद्घाटन

0

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले समग्र नगरको विकासका लागि सहकारी संस्थाको भूमिका उल्लेखनीय रहने बताएकी छन् ।

झापाको दमकस्थित कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रबार पथरी बजारमा चौथो शाखा स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट संबोधन गर्दै उपप्रमुख वास्तोलाले सो कुरा बताएकी हुन् ।

उपप्रमुख वास्तोलाले नगरमा आएको सहकारीको शाखाले स्वच्छ रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना प्रदान गरिन् ।

सहकारीका केन्द्रीय अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राई सहितले मन्तव्य व्यक्त गरे । ०५६ सालमा स्थापना भएको सो सहकारीको हाल ६८ करोड ६० लाखको बजेट तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *