September 20, 2026

विभाजनपछि एमाले भेला बिर्तामोडमा

0

झापा।

नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा कार्यकर्ता भेला गर्ने भएको छ ।

साई पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।

नेकपा एमाले झापा जिल्ला सचिवालयको विहीवार बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीको प्रमुख आतिथ्य रहने जनाइएको छ । एमाले झापाको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले जिल्ला कमिटीको बैठक भदौ २१ गते गर्ने निर्णय पनि गरेको छ ।

पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ को साविक कमिटीको आधारमा सबै तह र जनवर्गीय संगठनहरुको कमिटीहरु चलायमान गराउने निर्णय पनि बैठकले गरेको छ । पार्टीको मातहत कमिटी र जनवर्गीय संगठनहरुको अधिवेशन पार्टीले तोकेकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष पाठकले बताए ।

जिल्ला अध्यक्ष पाठकको अध्यक्षतामा बसेको बैठकले १० बुँदेको कार्यान्वयन गर्ने, पार्टी सदस्यता नवीकरण गर्ने, निर्वाचन आयोगमा गई मतदाता नामावलीमा छुट भएकाको नाम समावेश गराउन पार्टी मातहतका निकायहरुलाई निर्देशन दिएको जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए ।

बैठकमा जिल्ला इञ्चार्ज रवीन कोइराला, पार्टी केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल, केन्द्रीय सदस्यहरु हिक्मतबहादुर कार्की, हरिबहादुर राजवंशी लगायतका नेताहरुले पार्टीलाई एकताबद्ध ढंगबाट अघि बढाउन आ–आप्mनो ढंगबाट प्रयत्न गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *