September 21, 2026

संवैधानिक परिषद्सम्बन्धी विवादको तत्काल सुनुवाइ नगर्न आदेश

0

काठमाडौँ,

सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादको सुनुवाइ तत्काल नर्गन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आज रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म संवैधानिक इजलासमा भएको अध्यादेशसम्बन्धी विवादको सुनुवाइ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “संवैधानिक परिषद् सदस्य रहने प्रधानन्यायाधीशसमेत संलग्न भई संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषयसमेतलाई टुङ्गो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दा निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त मुद्दाको सुनुवाइ नगर्नु÷नगराउनु ।” उक्त आदेशसँग शुक्रबार पेसी रहेको उक्त अध्यादेशसम्बन्धी विवादको सुनुवाइ पनि रोकिएको छ ।

आदेशमा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने कारणसहितको लिखित जवाफ १५ दिनभित्र पेश गर्न र राष्ट्रिय महत्वको विषय भएको हुनाले लिखित जवाफ परेको तेस्रो दिनमा पेसी चढाउन आदेशमा भनिएको छ ।

संवैधानिक विषयको महत्वलाई ध्यानमा राखेर सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट दुई÷दुई जना वरिष्ठ अधिवक्ता अदालतको सहयोगी (एमीकस क्युरी) उपस्थिति गराउन आदेशमा भनिएको छ ।

अधिवक्ता डा गणेश रेग्मीले नेपालको संविधानअनुसार प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न पाउनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *