September 20, 2026

स्वास्थ्य सामग्री हस्तान्तरण

0

खोटाङ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासमिति सदस्य राई र संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती बजिमयले बुधबार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

यसरी हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा दश हजार एन्टिजेन किट, ५० वटा पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ वटा अक्सिजन सिलिण्डर र १०० वटा नजल अक्सिजल ट्युब, ७०० कोभिड गाउन सेट, ३०० जोडी कोभिड सुज कजर, ५० डेथबडी ब्याग, ३०० कोभिड फेससिल्ड, २५ लिटर ह्याण्ट सेनिटाइजर, ५०० जोडी पञ्जा, आठ हजार मास्क, ५०० केएन ९५ मास्क र ३०० सर्जिकल मास्क रहेका छन् ।

जिल्लाका दशवटै स्थानीय तहमा पु¥याउने गरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताउनुभयो । “हामी राजनीतिक भेटघाटका क्रममा खोटाङका गाउँगाउँमा पुग्यौँ, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौँ”, उहाँले भन्नुभयो, “अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न बाध्य थिए । कतिले ज्यान गुमाउनु प¥यो । त्यसैलाई मध्यनजर गर्दै काठमाडौँ पुगेको बेला स्वास्थ्य सामग्री ल्याउन पहल गरेका हौँ ।”

मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठमाडौँबाट दिक्तेल ल्याइएको महासमिति सदस्य राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *