September 19, 2026

नेपाली काँग्रेस झापाको वडा अधिवेशन भदौ १८ बाटै शुरु

0

विर्तामोड ।

नेपाली कांग्रेस झापाको वडा अधिवेशन भदौं १८ गतेबाट प्रारम्भ हुने भएको छ ।

नेपाली कांग्रेस झापाको भदौ १५ गते सम्पन्न जिल्ला कार्यसमितिको बैठकले समय व्वस्थापन भन्दै भदौं १९ देखि निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको भएपनि केन्द्रीय समितिको निर्देशन बमोजिम १८ गतेबाट निर्वाचन प्रक्रिया शुरु गर्ने हुने नेपाली काँग्रेस झापाका प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँइले जानकारी दिनुभयो ।

झापाका १५ पालिका १३१ वटै वडामा १७ गते सम्ममा मतदान अधिकृत, नेपाली कांग्रेसको वडा कार्यालयमा पुग्ने र सहमति भएका वडाहरुमा १८ गतेबाटै निर्वाचन सम्पन्न गर्ने झापाका लागि जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले बताउनुभयो ।

नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाका अनुसार जिल्लाका १३१ वटै वडामा मतदान अधिकृत तय गरिसकिएको छ । तोकिएका मतदान अधिकृतलाई भदौ १७ गते प्रशिक्षण दिएर सोही दिन वडा कार्यालय पठाइने छ ।

सहमति भएका वडामा भदौ १८ मा निर्वाचन सम्पन्न हुनेछ भने मतदान गर्नुपर्ने अवस्था भएका वडामा भोली पल्ट भदौ १९ गतेबाट उम्मेद्वारी दर्ता लगायतका प्रक्रिया अघि बढाइने सभापति थापाले जानकारी दिनुभयो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *