September 20, 2026

पथरी उवासंको चुनावी सरगर्मी बढ्दै

0

पथरीशनिश्चरे,

पछिल्लो समयमा मोरङको पथरिशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य सघको चुनाव सरर्गर्गी बढदै गएको छ । आगामी भदौ २८ गतेका लागि तोकिएको चुनावको मिति नजिकिएसगैं यस नगरक्षेत्रमा चूनावी माहौल तात्तिएको हो ।

गत भदौ ७ गते पथरी उद्योग वाणिज्य संघको सम्पन्न बैठकले आगामी २६ गते वाषिर्क साधारण सभा तथा २८ गते निर्वाचन सभा गर्ने निर्णय भएपछि यहाँका उद्योगी व्यवसायी तथा व्यापारीहरुबिच चुनावी बहस चलेको देखिन्छ भने साधारण सभाको मिति नजिकिँदै जाँदा संघको अध्यक्ष लगायतका पदका लागि आ-आफ्नो तर्फबाट उम्मेदवारी दिने चर्चा बढेको छ ।

आसन्न निर्वाचनको लागि निवर्तमान अध्यक्ष तथा दिपक हार्डवयर पथरीका प्रोपाइटर दिपक बस्नेत, पूर्ब अध्यक्ष तथा प्रतिक्षा फेन्सी स्टोरका संचालक धनकुमार तामाङ र निवर्तमान उद्योग सचिव पौडेल गृल उद्योगका संचालक दिनेश पौडेलले अध्यक्ष पदमा उम्मेद्वारी दिने बताएका छन्। उक्त अध्यक्ष पदका प्रत्यासीहरुमा बस्नेत एमाले, तामाङ र पौडेल कांग्रेस र शंकर माओवादी निकट ब्याबसायी मानिनुहुन्छ ।

उता,माओवादी निकट मानिएका शंकर ज्वयेलर्स पथरीका प्रोपाइटर अशोक शंकरले अध्यक्ष पदमा उम्मेद्वारी दावि गर्ने बताएका छन् तर संघको विधानत: आधार नपुग्ने बताइएको छ ।
विधानत: संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन संघको कुनै पनि कार्य कालमा निर्वाचित भै २ वर्ष विताएको हुनुपर्ने व्यावस्था भएको र शंकरको २ कार्यकाल पुरा नभएका कारण उनले उम्मेद्वारी विधान अनुसार मान्य नहुने बताएईको छ ।

अध्यक्ष पदका तिनै उम्मेद्वार पथरीका सुपरिचित व्यावसायीहरु मानिनुहुन्छ । निवर्तमान महासचिव अशोक राईले आफू अध्यक्ष पदको उमेद्वारीमा हैसियत भएपनि सर्वसहमत भए महासचिवमा दोहोरिन सक्ने बताएका छन् भने महासचिवका लागि रोहित बास्तोला समेतले इच्छाएको बुझिएको छ ।

बाणिज्य सघको भदौ ७ गते बसेको बैठकले आउने २६ मा उद्घाटन र २८ गते निर्वाचन गर्ने जनाएको छ । निर्वाचन समितिको संयोजकमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई तोकिएको छ भने सदस्यमा भवानी प्रसाद दुलाल र दिपेन्द्र तिम्सिना तोकिएको छ ।

नयाँ सदस्यहरुको लागि फर्म दर्ता तथा र नवीकरणको लागि २० गतेसम्म म्याद राखिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *