June 17, 2026

अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री

0

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरभित्रका शारीरिक अपाङ्गता भएका नागरिकका लागि सहायक सामग्री प्रदान गरिएको छ ।

वडा नम्बर ४, ८, ९ र १० मा शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको हो । प्रदेश नं -१ को सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोगी यन्त्र आदि सामग्री प्रदान गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्बर ४ मा वडाध्यक्ष गोविन्दबहादुुर भण्डारी, नगरका कानूनी सल्लाहकार दीपकुमार राई, ८ मा वडाध्यक्ष बाबुराम दहाल र सदस्य मुनादेवी गजमेर, ९ मा वडा सदस्य इन्द्रावती गुरुङ सहितले सामग्री वितरण गर्नु भएको थियो ।

यसैगरी, १० नम्बरमा वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितले वितरण गर्नुभयो । वितरण कार्यमा करुणा फाउण्डेशनका उमेश कुँवर, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समुदायमा आधारित पुनःस्थापना सहजकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

केहि दिन अघि वडा नं १, २, ३, ५, ६ मा सामग्री प्रदान गरिएको थियो । केहि छुट र अति नै असक्तका लागि घरमै सामग्री पुर्याइएको छ । नगर क्षेत्रभित्र कुल १ सय ९ जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको थियो ।

जसमा ३९ जनालाई ह्विल चियर, ११ लाई वैशाखी, ३ लाई टवाइलेट चियर, ५ लाई सेतो छडी, २ लाई ट्राइसाइकल, ३ लाई वाकर, ७ लाई एल स्टीक, ७ जनालाई ट्राइपोड स्टिक, ५ लाई स्टिक, २७ जनालाई कान सुन्न सहयोगी हेयरिङ एड मेसिन प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *