June 17, 2026

सहयोगी मनहरूद्वारा झापा नेत्रहीन संघलाई सहयोग

0

भद्रपुर ।

सहयोगी मनहरू नेपाल नामक संस्थाले झापा नेत्रहीन संघलाई आर्थिक सहयोग गरेका छन् ।

बिर्तामोड–३ स्थित नेत्रहीन संघको कार्यालयमा भएको एक संक्षिप्त कार्यक्रमका बीच सहयोगी मन नेपालकी सहसचिव सन्ध्या खनालले नेत्रहीन संघकी अध्यक्ष यशोदा बराललाई नगद ४१ हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।

सहयोगी मन नेपालले आफ्ना सदस्यहरूबाट सो रकम सङ्कलन गरेको बताइएको छ । सो रकम दृष्टिविहीनका लागि कार्यालयमा स्थापना गरिएको अडियो लाइब्रेरी र व्यवस्थापनमा खर्च गरिने संघका सचिव भोजकुमार तामाङले जानकारी दिए ।

संघकी अध्यक्ष बरालको अध्यक्षता तथा बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोगी मनहरू नेपालकी उपाध्यक्ष सीता तिम्सिना, लायन्स क्लब दमक अफ गोल्डको अध्यक्ष श्याम तिम्सिना, ज्येष्ठ नागरिक संघ प्रतिष्ठान दमक अध्यक्ष अमृत बिष्ट, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना, हाम्रो परिवार राम्रो परिवार संस्थाका नानु पङगिनिले शुभकामना दिएका थिए ।

संघका सचिव भोजकुमार तामाङले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष दिलकुमार राजवंशीले स्वागत गरेका थिए । संघका सल्लाहकार संयोजक द्रोणाचार्य निरौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *