June 18, 2026

पथरीशनिश्चरे नपाको आफ्नै भवनका लागि जग्गा व्यवस्थापन गरिने

0

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको विहीवार बसेको बैठकले व्यवसायिक भवन (सपिङ कम्प्लेक्स) को काम थालिने तथा नगरपालिका कार्यालयको आफ्नो निजी भवनका लागि जग्गा व्यवस्थापनको पहल गरिने निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले नेपाल सरकारको नगर विकास कोषमार्फत ३० करोडको लगानी स्टिेमेटमा पथरी हाटस्थलमा निर्माण हुने सपिङ कम्प्लेक्स निर्माणको प्रक्रिया अघि बढाइने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाएका छन् ।

वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रको खाली जग्गामा नगरपालिका कार्यालय भवन र वडा कार्यालय भवन निर्माण गर्न जग्गा व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि निर्णय भएको प्रवक्ता गुरागाईले जनाएका हुन् । साथै, अन्यत्र पनि खाली रहेका जग्गालाई नगरको भोगाधिकारमा ल्याउन पहल गर्ने पनि निर्णय भएको छ ।

सोहि बैठकले नगरभित्रका नदीजन्य पदार्थको ठेक्का लगाउने, राजस्व परामर्श समितिले अध्ययन गरी कर व्यवस्थापन तथा करको दायरा बढाउँदै व्यवसाय दर्ता र नविकरणमा जोड दिने पनि निर्णय गरेको छ भने कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका व्यक्तिहरुका लागि उस्तै प्रकारको फरक नामको एष्ट्राजेनिका खोप भदौ १२ देखि १४ गतेसम्म वडा वडामा लगाउने निर्णय पनि गरेकोछ ।

त्यस्तै, साउन १२ र १३ गते भेरोशिलको पहिलो मात्रा लगाएकाहरुका लागि पनि भदोै १६, १७ र १८ गते दोस्रो मात्रा खोप लगाउने पनि तयारी भएको उल्लेख छ । खोप लगाउन आउँदा खोप कार्ड अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *