June 18, 2026

कमल गाउँपालिका आफु छुट्टै नगरपालिका बन्ने

0

उमानाथ भण्डारी,कमल ।

झापाको कमल गाउँपालिका नगरपालिका बन्नकालागी आवश्यक मापदण्ड पुरा भएकोले आफु छुट्टै नगरपालिका बन्ने भएको छ ।

गाउँपालिकालाई नगरपालिका हुनकालागी नेपाल सरकार ले तोकेको न्युनतम शहरी सुविधा सडक यातायात,संचार ,विद्युत , खानेपानी , बजार क्षेत्र वैक वित्तिय सस्था,समुदायीक सस्था, सभाहल,खेल मैदान लगायत आवश्यक पर्ने जनसंख्य, भुगोल सहित सम्पुर्ण मापदण्ड पुराभएको हुँदा प्रदेश सरकार मार्फत संघीय सरकारलाई नगरपालिकामा स्तरउन्नतीका लागी पत्राचार गरेको छ ।

केहिदनि अगाडी दमक नगरपालिकाले दकम नगरपालिका र कमल गाउँपालिका मिलाएर दमक उपमहानगरपालिका बनाउनका लागी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो । दमक नगरपालिकाको यस्तो पत्र सार्वजनिक भएपछि कमल गाउँपालिकाले आफु छुट्टै नगरपालिका बन्ने आधिकारी धारणा सार्वजनिक गरेको हो ।

केहिदिन अगाडी दकम नगरपालिकाले कमल गाउँपालिका लाई मिलाएर दमक उपमहानगरपालिका बनाउनका लागी संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयलाई गरेको पत्रचारको नेकपा एमाले ,लगायत स्थानिय राजनितीदलका साथै स्थानिय वासीले समेत त्यसको व्यापक विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *