June 18, 2026

झापामा एकै परिवारका तीनजना मृत फेला

0

झापा,

झापा कन्काई नगरपालिका एकै परिवारका तीनजना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार झापाको कन्काई नगरपालिका-१ का रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन्। प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *