June 18, 2026

आफैँले ओढेको रेनकोट पासो लाग्दा मोटरसाइकल चालकको मृत्यु

0

सोलुखुम्बु,


सोलुखुम्बुमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा माप्यदूधकोशी गाउँपालिका(५ कागतेमा सोही गाउँपालिका(२ का ३० वर्षीय सुमन राईको ज्यान गएको हो।

बा ५४ प ७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईको आफैँले ओढेको रेनकोट टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।

उनका अनुसार मृतक सुमनको घाँटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चोट छैन। वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बेरिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ।

कतिपय ठाउँमा महिलाहरुले लगाएको सारी र सल सवारी साधनको चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दुर्घटनाहरु भएको उदाहरण रहेको भन्दै डीएसपी कटवालले सवारी चलाउँदा तथा यात्रा गर्दा यस्ता कुराहरुमा ध्यान दिन सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *