June 18, 2026

नौ हजार ५०० हस्ताक्षर सङ्कलन

0

कञ्चनपुर,

महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ ।

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताउनुभयो ।

“ वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।”

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *