June 18, 2026

देवी माविका शिक्षक अशोक बराकोटीको निधन

0

बिर्तामोड ।

कोरोना संक्रमणका कारण झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका शिक्षक अशोक बराकोटीको निधन भएको छ।

केही दिनअघि स्वासप्रश्वामा समस्या देखिएपछि बिर्तामोडकै बीएण्डसी हस्पिटल भर्ना गरी उपचारकै क्रममा शनिबार साँझ उनको निधन भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।

०५५ सालदेखि ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड क्षेत्रको व्यवस्थापन हेरेका उनले शिक्षक सेवामा नाम निस्किएपछि ब्लाष्टको जिम्मेवारीबाट राजनीनामा दिएका थिए । देवी माविका शिक्षक उनको बिर्तामोडमा पत्रपत्रिका पसल पनि रहेको छ ।

बराकोटीको निधनबाट संस्थाले एक असल शिक्षक गुमाएको देवी माविले जनाएको छ । उनको आइतबार अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *