बिर्तामोड स्थित एक कपडा पसलमा आगलागी
बिर्तामोड ।

झापाको विर्तामोडस्थित मुक्ति चोकमा रहेको एउटा कपडा पसलमा शुक्रबार साँझ आगलागी भएको छ ।
बिर्तामोड स्थित एक्सेल विकास बैंकसँग जोडिएको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको छ । थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको प्रहरीले जनाएको छ । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए ।
बिर्तामोड र मेचीनगर नगरपालिकाको वरुण यन्त्रले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेको छ ।
