ओखलढुंगामा कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते
ओखलढुंगा ।

ओखलढुङगाको सिद्धचरण नगरपालिका–५ चित्रेबाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बीच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
मंगलबार राती भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमा नै उपचार भईरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
