June 20, 2026

भद्रपुर रोटरीद्धारा ट्राफिक प्रहरीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

0

भद्रपुर।

रोटरी क्लव अफ भद्रपुरले ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट टि भि हस्तान्तरण गरीएको हो ।

मापसेका कारण पक्राउ परेका तथा ट्राफिक नियम उल्लंघन गरेकाहरुलाइ सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त टि भिको प्रयोग गरिने चन्द्रगढीका ट्राफिक इन्चार्ज जनक तिम्सिनाले वताउनुभयो ।

सो सामग्री रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा लगायत रोटरीयनहरुले इन्चार्ज तिम्सिनालाइ हस्तान्तरण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *