नगरआइसाेलेसनलाई यूएनएचसीआरको स्वास्थ्य सामग्री
पथरिशनिश्चरे,

शरणार्थीहरूका लागि राष्ट्र संघीय उच्च आयूक्तको कार्यालय (यूएनएचसीआर)ले मोरङ्गको पथरिशनिश्चरे नगरपालिकाको नगर आइसाेलेसनलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ।
मंगलबार विहान उक्त दातृ निकायका प्रतिनिधि विष्णु थापाले नगर प्रमुख दिलिप कुमारलाई हस्तान्तरण गर्नुभएको हो। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने ६ हजार २ सय ३५ थान डिस्पोज एवल पीपीई,५ हजार २ सय थान नन- सर्जिकल माक्स, ५ हजार वटा सर्जिकल माक्स, १५ हजार वटा डिस्पोजएवल ग्लोब्स ,१० थान अक्सिजन लगायतका ५ किसिमका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
दुबई सरकारद्वारा उक्त दातृ निकायमार्फत नेपालका लागि एक हप्ताअघि प्राप्त भएको यूएनएचसीआरका प्रतिनिधि थापाले बताउदै सहयोग उपलब्ध गराउन पाउदा खुशी लागेको बताउनु भयोे भने नगर प्रमुख दिलिप कुमार राईले ठुलो मात्रामा स्वास्थ्य सामग्री प्रदान गरिएकोमा आभार प्रकट गर्नु भएको थियो ।
सोहि अवसरमा आयोजित संक्षिप्त हस्तान्तरण कार्यक्रममा लुथरन विश्व फेडेरेसनका प्रतिनिधि यज्ञ गौतम,उपमेयर यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य प्रमुख मुरारी आचार्य सहितकाे उपस्थिति रहेको थियो ।
