June 20, 2026

भद्रपुरको २ करोड ६२ लाखभन्दा बढी बजेट फ्रिज

0

पार्थ मण्डल
झापा।

भद्रपुर नगरपालिकाको २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७७/०७८मा संघीय सरकारको सशर्त अनुदानतर्फको चालू र पुँजीगत गरी २ करोड ३१ लाख २९ हजार १ सय २३ रुपैयाँ र प्रदेश सरकारको समपूरक अनुदानतर्फको ३१ लाख २३ हजार ४ सय ७९ रुपैयाँ गरी कूल २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बराबरको बजेट फ्रिज भएको नगरपालिकाका लेखा अधिकृत सुभाष भट्टराईले जानकारी दिए । फ्रिज भएको बजेट संघीय र प्रदेश सरकारलाई फिर्ता पठाइसकेको उनले बताए ।

संघीय सरकारको सशर्त अनुदान चालूतर्फ लघु उद्यम विकास कार्यक्रम (मेडपा)को ३३ लाखमध्ये १३ लाख ३० हजार ४७० रुपैयाँ, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको ११ लाख ९८ हजारमध्ये ३ लाख १२ हजार ९७ रुपैयाँ, राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागको ४४ लाखमध्ये ७ लाख ८ हजार २०१ रुपैयाँ, सबैका लागि शिक्षा आधारभूत तह शिक्षक तलबको ११ करोड ५६ लाख ३२ हजारमध्ये २६ लाख ५६ हजार ४७७ रुपैयाँ, जिल्लास्तर विद्यालय क्षेत्र विकास कार्यक्रमको ३ करोड ९६ लाख ७२ हजारमध्ये २८ लाख ५१ हजार ६३६ रुपैयाँ, बहु क्षेत्रीय पोषण कार्यक्रमको ३ लाख ३९ हजारमध्ये ३२ हजार ७५० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी तलब)को ३५ लाखमध्ये १ लाख २४ हजार ४३६ रुपैयाँ, कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रम (तलब भत्ता) को ५ लाखमध्ये १ लाख १३ हजार ३८० रुपैयाँ, क्षयरोग नियन्त्रण कार्यक्रमको ४ लाखमध्ये १ लाख ३३ हजार ३०० रुपैयाँ, परिवार कल्याण कार्यक्रम÷ एकीकृत महिला स्वास्थ्य प्रजनन् स्वास्थ्य कार्यक्रम)को २३ लाखमध्ये २१ लाख १३ हजार ७५० रुपैयाँ, एकीकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रमको १८ लाखमध्ये ४ लाख ४६ हजार १६० रुपैयाँ, महामारी रोग नियन्त्रण कार्यक्रमको १३ लाखमध्ये १ लाख ७३ हजार ५ सय रुपैयाँ, अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रमको ६ लाखमध्ये २ लाख ३४ हजार २४४ रुपैयाँ, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीको १ लाखमध्ये २६ हजार ८ सय रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको १ लाखमध्ये एक हजार रुपैयाँ, उपचारात्मक सेवा कार्यक्रमको २५ लाखमध्ये ४५ हजार २५० रुपैयाँ, रोजगार प्रवद्र्धन कार्यक्रम (सामी परियोजना) को ५९ लाखमध्ये १५ लाख २१ हजार ६११ रुपैयाँ र प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड २० लाख ३९ हजारमध्ये २३ लाख ६७ हजार ८१८ रुपैयाँ बजेट फ्रिज भएको छ ।

त्यसैगरी संघीय सरकारको सशर्त अनुदानको पुँजीगततर्फको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको ८ लाखमध्ये १ लाख २५ रुपैयाँ, आवास कार्यक्रम (टिन फेर्ने) को १ करोड ३९ लाख २३ हजारमध्ये १३ लाख ७३ हजार, विद्यालय क्षेत्र विकास कार्यक्रम (विद्यालय भवन निर्माण) को २ करोड १८ लाख ३८ हजारमध्ये ७३ हजार ५०३ रुपैयाँ, पर्यटन पूर्वाधार विकास आयोजना (कमलधाप/साइन्स सिटी/दियालो सिमसार)को ३० लाखमध्ये ५ लाख २२ हजार ९०९ रुपैयाँ, तराई मधेस समृद्धि कार्यक्रम (भद्रपुर–५ स्थित मेची नदी तटबन्ध) ५० लाखमध्ये १५ लाख ८१ हजार ८३७ रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण वडा नम्बर २, ४, ६, ७ र १०) को ९० लाख ९१ हजारमध्ये १४ लाख ८२ हजार ६१४ रुपैयाँ, झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम (लालीगुराँस झोलुङ्गे पुल)को ४२ लाख २५ हजारमध्ये १३ लाख ८ हजार २९१ रुपैयाँ, अधुरा आयोजना कार्यान्वयन कार्यक्रम (नगर प्रमुख सन्थाल आवास भवन निर्माण)को ६४ लाख २० हजार ४७२ रुपैयाँमध्ये १५ लाख ४ हजार ८६० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ । त्यस्तै प्रदेश सरकारको समपूरक अनुदान पुँजीगततर्फको एक करोड बजेट मध्ये ३१ लाख २३ हजार ४७९ रुपैयाँ बजेट फ्रिज भएको हो ।

सो बजेटबाट संगमचोकदेखि भद्रपुर भन्सार जाने बाटो निर्माणमा ५० लाख र लेखनाथ चोकदेखि पश्चिम काफ्ले टोल जाने सडक निर्माणमा ५० लाख बजेट छुट्टाएको थियो । संगमचोक सडकको ५० लाखमध्ये ३१ लाख २३ हजार ४७९ रुपैयाँ बराबरको बजेट फ्रिज भएको हो । पश्चिम काफ्ले टोल सडकको बजेट पूरै खर्च भएको लेखा अधिकृत भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *