June 20, 2026

इनरुवाबाट कारमा सवार ५ जना ब्राउनसुगर सहित पक्राउ

0

झापा ।

सुनसरीको इनरुवाको बसपार्कबाट कारमा सवार पाँच जनालाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी–४ का २२ वर्षीय फुलकुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।

ब्राउनसुगर फेला परे पश्चात् थप अनुसन्धानको लागी कार सहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *