June 19, 2026

बिर्तामोडमा महिला उद्यम विकास समिति स्थापना

0

बिर्तामोड,जेठ १०
झापाको बिर्तामोडमा आज शनिबार भएको महिला उद्यमीहरुको भेलाले महिला उद्यम विकास समिति स्थापना गरेको छ ।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको संयोजनमा भएको भेलामा महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सम्पन्न बनाउनका लागि उद्यमशीलताको आवश्यकता औल्याइए पछि सोही भेलाले महिला उद्यम विकास समिति स्थापना गरेको हो ।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्कीको प्रमुख आतिथ्य र संघकी महिला सदस्य उर्मिला खरेलको अध्यक्षतामा भएको भेलाले महिला उद्यम विकास समितिमार्फत महिलालाई क्षमता अनुसार सीप सिकाएर उद्यमशील बनाउने लक्ष्य तय गरेको छ ।
महिला उद्यम विकास समितिको सभापतिमा उर्मिला खरेल सर्वसम्मत चयन हुनुभएको छ । उपसभापतिमा सुशीला पाठक,सचिवमा इन्दिरा चापागाई न्यौपाने,सहसचिवमा मीरा कडरिया पाठक,कोषाध्यक्षमा प्रज्ञा प्रसाई चयन हुनुभएको छ ।त्यस्तै सदस्यहरुमा लता सेलवाल खरेल,अप्सरा उप्रेती,अम्विका कार्की शिवाकोटी,ललिता अधिकारी,तुलसा खनाल,जीना तामाङ्ग सुब्बा,र रेनुका ल्वागुन विश्वकर्मा रहनुभएको छ ।
प्रमुख अतिथि कार्की,विशेष अतिथिहरु संघका उपाध्यक्ष प्रकाश शिवाकोटी,सचिव किरण श्रेष्ठ,उपसचिव प्रशान्त भण्डारी,महिला उद्यम विकास समिति झापाकी उपाध्यक्ष सुनीता ओलीले बिर्तामोडमा महिला उद्यम विकास समिति स्थापना भएकोमा खुशी व्यक्त गर्दै महिलालाई उद्यमशील बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । नवस्थापित महिला उद्यम विकास समितिले झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको मातहतमा रहेर काम गर्ने बताइएको छ ।
यसैवीच समितिको आजै सम्पन्न वैठकले संस्था सञ्चालनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *