June 20, 2026

भूमि आयोग विघटनविरुद्ध आन्दोलन

0

पथरिशनिश्चरे,

वर्तमान देउवा सरकारले अघिल्लो ओली सरकारद्वारा दलित तथा भुमिहीन सुकुम्बासीकाे समस्या सामधानका लागि बनाईएकाे भुमि आयाेग विघटन गरेपछि पथरीशनिश्चरे नगरपालिकामा आन्दाेलन सुरू भएकाे छ ।

धनिपुर्जा वितरणका लागि ७० प्रतिशत बढि काम भैसकेको अवस्थामा आयाेगलाई प्रभावकारी ढ्गले कार्य संपादन गर्न दिनु पर्नेमा वर्तमान सरकारले आयाेग नै विघटन गरिदिएर सुकुम्बासीमाथि अन्याय गरेको र आफुहरू आन्दोलित हुनु परेको बताएका छन् ।

परमादेशमार्फत बनेको सरकारले तत्काल फेरी अर्को भूमि आयोग गठन गरेर स्थानीय तहमा पठाउँछु भन्नु त्यो सम्पूर्ण सुकुम्बासीहरुलाई भ्रममा पार्नु हो भन्दै पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख यमुना विष्ट वास्तोलाले नगरभित्रका ९ हजार ७ सय ९३ घरपरिवारको भूमिहीन सुकुम्बासी, भूमिहिन दलितहरुको लगत संकलन गरिसकेको र ४ हजार ७ सय ८० को कम्युटरमा डाटा इन्ट्री गरेर पठाई सकिएको थियो ।

नगरमा सुकुम्बासीहरुको धनीपुर्जा वितरणको लागि ७० प्रतिशत काम भईसकेको छ । त्यसैगरी, युवा संघ नेपाल केन्द्रिय महासचिव रमेश आचार्यले आज पथरीशनिश्चरे नगरका सुकुम्बासीहरु रोइरहेको बताउँर्दै यो भूमि आयोग खारेज गर्ने अधिकार देउवालाई कस्ले दियो भनेर प्रश्न गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अनेम महासंघ पथरीशनिस्चरे नगर कमिटीले भुमि आयाेगकाे विघटनकाे बिरूद्धमा आईतबार बिराेध प्रदर्शन गरेकाे थियाे । नगर परिक्रमा पछि जनआन्दोलन चोकमा कोणसभामा परिणत सभालाई सम्बोधन गर्दै उप–प्रमुख बास्ताेलाले सुकुम्बासी समस्या समधानकाे तहमा पुगेकाे अवस्थामा आयाेग विघटन गरेर सरकारले स्थानिय जनप्रतिनिधिलाई अल्मलाएकाे बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *